• २०८३ बैशाख १३ गते आइतवार

इन्डोनेसियाको जकार्तामा सात तले भवनमा आगलागी, २० जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, काठमाडौं ।   इन्डोनेसियाको राजधानी जकार्तामा सात तले भवनमा भिषण आगलागी भएको छ ।

स्थानीय च्यानल कोम्पास टिभीका अनुसार, घटनामा अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये पाँच पुरुष र १५ महिला छन्, जसमध्ये केहीको निसास्सिएर मृत्यु भएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार, केही मानिसहरू अझै पनि भवन भित्र फसेका छन् र उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ ।

आगलागी भएको भवन खानी र कृषिका लागि ड्रोन सर्वेक्षण सेवा प्रदान गर्ने कम्पनी टेरा ड्रोन इन्डोनेसियाको कार्यालय भएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस