• २०८३ बैशाख ६ गते आइतवार

अफगानिस्तानको तालिबान सरकारका विदेशमन्त्री मुत्ताकी भारत भ्रमणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, काठमाडौं । अफगानिस्तानको तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकी भारत आइपुगेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मुत्ताको भारत भ्रमण बारे जानकारी दिएका छन्।

रणधीर जयसवालले भनेका छन्- ‘अफगान विदेशमन्त्री अमिर खान मुत्ताकीलाई नयाँ दिल्लीमा स्वागत छ । हामी उहाँसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्न तत्पर छौं ।’

२०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि यो तालिबान सरकारका कुनैपनि मन्त्रीको यो पहिलो भारत भ्रमण हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले संयुक्त राष्ट्र सुरक्षा परिषद् समितिले मुत्ताकीलाई भारत भ्रमण गर्न अनुमति दिएपछि भारत आएको बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस