• २०८३ बैशाख २५ गते शुक्रवार

देउवादम्पति आन्दोलनकारीको नियन्त्रणमा, कुटपिटबाट घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई आन्दोलनकारीले नियन्त्रणमा लिएर कुटपिट गरेका छन् ।

देउवादम्पतिको बुढानिलकण्ठस्थित निवासबाट आन्दोलनकारीले कुटपिट गर्दै निकालेको देखिएको छ । देउवा रगताम्य रहेका छन् भने आरजुलाई पनि लछारपछार गरेको सार्बजनिक भिडियोमा देखिएको छ । अहिलेसम्म उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन नसकेको बताइएको छ ।

उनीहरुको अहिलेको पछिल्लो अवस्था थाहा हुन सकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस