• २०८३ असोज ७ गते बुधवार

रमेश लेखकको नैकापस्थित निवास घेराउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं । जेनजी आन्दोलनमा संलग्न युवाहरुले गृहमन्त्री रमेश लेखकको नैकापस्थित निवास घेराउ गरेका छन् ।

युवाहरुले घर नजिक नाराबाजी गरिरहेका छन् भने घर अगाडी आगजनी समेत गरेका छन् । अहिले लेखकको घर वरपर ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सोमबार भएको जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि लेखकले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस