• २०८३ बैशाख ७ गते सोमवार

जनकपुरमा “जिहादी आतंकवाद र मधेश-नेपालको सुरक्षा चुनौती” विषयक बहस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५,जनकपुरधाम। जनकपुरस्थित एक सभा कक्षमा आजबाट “जिहादी आतंकवाद र मधेश–नेपालको सुरक्षा चुनौती” विषयक विशेष बहस कार्यक्रम सुरु भएको छ। राष्ट्रिय एकता अभियानद्वारा आयोजित उक्त कार्यक्रममा आतंकवादविरुद्ध जनचेतना फैलाउने र नेपालमा बढ्दो सुरक्षा जोखिममाथि गहन विमर्श गर्ने उद्देश्य राखिएको छ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव रहेका छन्। उहाँले उद्घाटन मन्तव्य दिँदै भारत–नेपाल खुला सिमानाको दुरुपयोग गर्दै पाकिस्तान समर्थित जिहादी आतंकी नेटवर्कहरूले मधेशलाई ट्रान्जिट एरिया बनाउने प्रयास गरिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि अभियानका केन्द्रीय उपाध्यक्ष तथा संविधान सभा सदस्य माननीय भूपेन्द्र चौधरी थिए। उनले नेपाल राज्य संयन्त्र र सुरक्षाअङ्गहरूलाई अझ सजग र सक्रिय रहनु पर्ने आवश्यकता औंल्याए।

उक्त कार्यक्रममा अभियानका केन्द्रीय सदस्यहरू – जितेन्द्र दास, मनीष पुर्वे, दीपू झा, पंकज झा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले मधेशलाई अस्थिर बनाउने बाह्य षड्यन्त्रहरूको भण्डाफोर गर्दै राष्ट्रिय एकता र सुरक्षा सुदृढीकरणका लागि जनस्तरमा बहसको आवश्यकता औंल्याए।

कार्यक्रम भोलिसम्म सञ्चालन हुने र विभिन्न क्षेत्रका बुद्धिजीवी, सुरक्षा विश्लेषक तथा सामाजिक अगुवाहरूले आ–आफ्ना धारणा राख्ने आयोजकले जानकारी दिएका छन्

Sharing

प्रतिक्रिया दिनुहोस