• २०८३ भाद्र २८ गते आइतवार

उत्तर प्रदेशको सीतापुरमा पत्रकारको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, काठमाडौं । भारतीय राज्य उत्तर प्रदेशको सीतापुर जिल्लामा पत्रकारको हत्या गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोली हानेर स्थानीय पत्रकार राघवेन्द्र बाजपेयीको हत्या गरिएको हो।

यो घटना इमालिया सुल्तानपुर प्रहरी चौकी क्षेत्रमा भएको हो। बाइकमा आएका व्यक्तिहरूले पहिले पत्रकार बाजपेयी सवार मोटरसाइकललाई ठक्कर दिए। त्यसपछि तीन गोली हाने। कसैको फोन आएपछि पत्रकार बाजपेयी घरबाट मोटरसाइकल लिएर निस्केका थिए। त्यसको केही समयपछि लखनऊ-दिल्ली राजमार्गको हेमपुर नेरीनजिकै उनको शव फेला परेको थियो।

सुरुमा यो सवारी दुर्घटना भएको ठानिएको थियो। तर जिल्ला अस्पतालमा जाँचका क्रममा डाक्टरहरूले उनको शरीरमा तीनवटा गोलीका चोट फेला पारेपछि वास्तविकता खुलेको थियो।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने यो खबर लेख्दासम्म कोही पक्राउ परेको जानकारी आइसकेका छैन।

Sharing

प्रतिक्रिया दिनुहोस