• २०८३ भाद्र २० गते शनिवार

डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २२,  काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

डीएनए संरचनाको खोजलाई २०औं शताब्दीको सबैभन्दा ठूलो वैज्ञानिक उपलब्धिहरू मध्ये एक मानिन्छ ।

उनले बेलायती वैज्ञानिक फ्रान्सिस क्रिकसँग मिलेर १९५३ मा डीएनएको डबल-हेलिक्स संरचना पहिचान गरेका थिए । यसले आणविक जीवविज्ञानमा द्रुत प्रगतिको लागि मार्ग प्रशस्त गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस