• २०८३ जेष्ठ १७ गते आइतवार

मनुमती खोलाले भत्काएको स्थानमा कटान रोक्ने अस्थायी काम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २२, काठमाडौं । अविरल वर्षाका कारण जोखिमपूर्ण बनेको काठमाडौँ महानगरपालिका वडा नं. १४ को कोहिनुर हाउजिङ नजिक करखुसी समेत भनिने मनुमती खोलाको छेउलाई महानगरले तदारुकताका साथ खतरामुक्त बनाएको छ ।

गत असोज १८ गतेदेखि परिरहेको लगातार वर्षाका कारण सो क्षेत्रमा पहिरो गएर सडक भासिएको थियो । यसले सडक छेउका सुवास गुप्तालगायत तीनजनाको घरसमेत उच्च जोखिममा परेको थियो । पहिरो गएलगत्तै थप क्षति हुन नदिन काठमाडौँ महानगरले तत्कालै महानगर प्रहरी बल, विपद् व्यवस्थापन विभाग, सशस्त्र प्रहरी वल, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा तथा सरोकारवाला निकायहरूको समन्वयमा बोरा, जस्तापाता, फलामका पाइप, ग्राभेल समेतको प्रयोग गरी नदी कटान रोक्ने अस्थायी काम सुरु गरेको थियो ।

यसरी नदी कटान रोक्ने अस्थायी काम महानगरको, डुबान समस्या समाधान स्वर्णिम योजना अन्तर्गत सञ्चालन गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस