• २०८३ बैशाख २६ गते शनिवार

आज १० बजे नै साइबर ब्युरो पुगे एमाले नेता महेश बस्नेत, बयान जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २२, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले एमाले नेता महेश बस्नेतसँग अहिले बयान लिइरहेको छ । आज बुधबार बिहान १० बजे नै भोटाहिटीस्थित साइबार ब्युरोको कार्यालयमा पुगेका उनको ब्युरोका अधिकृतहरूले बयान लिइरहेको जनाइएको छ ।

एक महिलाले दिएको जाहेरीका आधारमा साइबर ब्युरोमा उनको बयान लिन थालिएको हो ।

ती महिलाले उनीविरुद्ध जाहेरी दर्ता गरेको भएपनि पहिले जाहेरी रीतपूर्वक नआएको भन्दै प्रहरीले उनको बयान लिन आनाकानी गरिरहेको थियो । तर सरकारी वकिलको कार्यालयले अनुसन्धान गर्न पठाएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस