• २०८३ बैशाख १५ गते मङ्गलवार

बैतडीबाट काकीको हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, बैतडी । आफ्नै काकी ३५ वर्षीया बेलमती धामीको हत्या गरेको अभियोगमा सिगास गाउँपालिका-२ पेडेगोदा बस्ने ३० वर्षीय यज्ञ सिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

यज्ञले बन्चरो प्रहार गर्दा बेलमतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गाजरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस