• २०८३ भाद्र ५ गते शुक्रवार

जेनजीको प्रदर्शनमा गोली लागेर घाइते युवाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते एक युवाको मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालमा हाल दर्जनौंको उपचाररत भइरहेको छ । प्रहरीले चलाएको गोलीले समाचार संकलन गर्न गएका केहि पत्रकार र फोटो पत्रकार पनि घाइते भएका छन् ।

थप विवरण आउनेक्रममा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस