• २०८३ बैशाख २८ गते सोमवार

लागू औषध सहित ४ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, झापा। इलाका प्रहरी कार्यालय पथरीले लागु औषध सहित ४ जना युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयका अनुसार भिन्न स्थानबाट ति युवालाई नियन्त्रण लिइएको हो ।

बिहिवार पथरी शनिश्चरेबाट-१० का २२ बर्षीय अब्राहम राई र २६ बर्षीय युकेश राईलाई ट्रामाडोल ५९ चक्की सहित पक्राउ गरिएको हो भने रमाइलोबाट कानेपोखरी गाउँपालिका- ६ का ३३ बर्षीय प्रेम दाहाल र २२ बर्षीय निसान माझीलाई डायक्लोमाईन र ट्रामाडोल गरी जम्मा ३४९ चक्की सहित पक्राउ गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस