• २०८३ बैशाख १४ गते सोमवार

स्रोत नखुलेको सात लाख रकमसहित विराटनगरबाट एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २५, विराटनगर। प्रहरीले विराटनगरबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महनगरपालिका-१५ का २४ वर्षीय रोहितकुमार साह रहेका छन्।

वडा नम्बर ९ स्थित महेन्द्र चोकमा चेकजाँचको क्रममा सोमबार दिउँसो साहलाई रकमसहित फेला पारेर पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए। उनको साथबाट प्रहरीले ७ लाख १५ हजार रुपैयाँ बरामद गरेको छ। उनी रकम बोकेर हिँडिरहेका थिए।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस