फागुन २३, सुर्खेत। प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षालाई प्रविधिसँग जोडेर अघि बढ्नुपर्ने बताउनुभएको छ । आज सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले डिजिटल शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आजको युग कृत्तिम बौद्धिकतायुक्त प्रविधि र सिर्जनशीलताको युग भएको उल्लेख गर्नुभयो । उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अर्बौं पुँजी विदेश पलायन हुनु अहिले मुख्य चिन्ताको विषय रहेको उहाँको भनाइ छ ।
आज प्रधानमन्त्री ओली सुर्खेत पुग्दा विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्मको सडक खाली गराइएको थियो । केहीबेर गाडी रोकिएकोमा स्थानीयबासिन्दाले विरोध समेत गरेका छन् ।