• २०८३ मङ्सिर ४ गते बिहिवार

काठमाण्डौ महानगरपालिकाले करार कर्मचारीका लागि माग गर्‍यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २०, काठमाडौं । काठमाण्डौ महानगरपालिकाले करार सेवामा कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ । बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाण्डौ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरिएको हो ।

नगर प्रहरी जवान, हलुका सवारी चालक र कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस