• २०८३ जेष्ठ ५ गते मङ्गलवार

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २० , काठमाडौं । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व संकलन गरेको छ ।

भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा नौ अर्ब २८ करोड ६७ लाख २० हजार संकलन भएको छ ।

जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस