• २०८३ बैशाख १० गते बिहिवार

आफ्नै आमाको हत्याको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, धादिङ। आफ्नै आमा ५५ वर्षीया राम माया कडेलको हत्या गरेको अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरी बस्ने ३० वर्षीय यम बहादुर कडेललाई प्रहरीले पक्राउ गरेको छ ।

यम बहादुरले धारिलो हतियार खुँडा प्रहार गर्दा राम मायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सल्यानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस