• २०८३ असार १४ गते आइतवार

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ७० रुपैयाँ घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला तीन हजार ५५५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस