• २०८३ बैशाख १९ गते शनिवार

महिला एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानका कप्तानले एकअर्कासँग हात मिलाएनन्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौं । आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटमा भारत र पाकिस्तानका कप्तानले एकअर्कासँग हात मिलाउन अस्वीकार गरेका छन् ।

श्रीलङ्काको आर प्रेमदासा स्टेडियममा भइरहेको खेलको टसका क्रममा भारतका कप्तान हरमनप्रीत कौर र पाकिस्तानका कप्तान फातिमा सनाले हात मिलाउन अस्वीकार गरेका छन् । पाकिस्तानसँगको खेलमा भारतले ‘नाे ह्यान्डशेक’ अर्थात् हात नमिलाउने अडानलाई निरन्तरता दिँदै आएको छ ।

भर्खरै सकिएको एसीसी एशिया कप पुरुष टी–२० क्रिकेटमा पनि भारतका कप्तान सूर्यकुमार यादव र पाकिस्तानका कप्तान सलमान अली अघाले पनि एकअर्कासँग हात मिलाएका थिएनन् । अहिले भारत–पाकिस्तान क्रिकेट सम्बन्ध निकै खराब अवस्थामा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस