• २०८३ जेष्ठ ७ गते बिहिवार

कोशी पुलमा यातायात पूर्णरुपमा बन्द

कोशी नदीमा पानीको सतह बढ्ने क्रम जारी
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १९, विराटनगर । कोशी पुलमा यातायात पूर्णरुपमा बन्द गरिएको छ । नदीमा पानीको बढनेक्रम जारी रहेपछि हाल पुलमाथि यातायात पुर्णरुपमा बन्द गरिएको हो ।

हाल अत्यावश्यक आपतकालीन सवारी साधनहरूलाई मात्रै पुल पार गर्न अनुमति दिइएको छ । पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ । त्यसपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ ।

कोशी नदीमा पानीको सतह बढ्ने क्रम जारी
कोशी नदीमा पानीको सतह बढनेक्रम जारी रहेको छ । हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ४ लाख ३१ हजार ५२५ क्युसेक पुगेको छ । त्यसपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ भने पुलमाथि आवागमन बन्द गरिएको छ । कोशी ब्यारेजमा गत बर्ष असोजमा ५ लाख ६७ हजार ७६० क्यूसेक पुगेको थियो । कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ।

सप्तकोसी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी सन् १९६८ मा ७ लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो । त्यसपछि दोस्रो पटक गत वर्ष पानीको बहाव उच्च भएको हो । पानीको बहाव बढी पुग्ने क्रममा सन् १९८७ मा ५ लाख एक हजार ७७१ क्युसेक पुगेको थियो।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस