• २०८३ बैशाख १२ गते शनिवार

एमालेको दोस्रो विधान महाधिवेशन सुरु (फोटो फिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २०, ललितपुर । नेकपा एमाले को दोस्रो विधान महाधिवेशन ललितपुरको सनराइज सभा हलमा आजबाट सुरु भएको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ । विधान महाधिवेशनको उद्घाटनपछि अध्यक्ष ओलीले सम्बोधन गर्दै देशको वर्तमान अवस्था, पार्टीको रणनीति बारे विस्तृत रुपमा आफ्नो कुरा राखेका छन् ।

यस विधान महाधिवेशनमा ७ वटा दस्तावेज प्रस्तुत हुने एमाले सचिवालय बैठकले निर्णय गरेको छ । जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्दैछन् । त्यस्तै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै कर्ण बहादुर थापाले केन्द्रीय कार्यालयमा दर्ता गरेको असहमतिको दस्तावेज पनि विधान महाधिवेशनमा छलफलका लागि पेश हुने भएको छ ।

विधान महाधिवेशनको पहिलो दिन शुक्रबार उद्घाटन समारोहपछि सबै दस्तावेज प्रस्तुत हुने, शनिबार १० समुहमा दस्तावेजहरुमाथि छलफल हुने र अन्तिम दिन आइतबार दस्ताबेज पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गरेर समसामयिक प्रस्तावहरुसहित महाधिवेशन सकिने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

Single Image

Single Image

Single Image

Single Image

Single Image

Single Image

Single Image

Single Image

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस