• २०८३ बैशाख २९ गते मङ्गलवार

सुनको मुल्यमा नयाँ किर्तिमान, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको २५ सयले बढेर तोलाको २ लाख १० हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २४९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २४८० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस