• २०८३ जेष्ठ २४ गते आइतवार

सिटी दुर्घटनामा परेका दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, झापा। झापामा सिटी दुर्घटनामा परेर एकै दिन दुई जनाको ज्यान गएको छ । मेचीनगर नगरपालिका वडा नं. १० मा सिटी रिक्सा अनियन्त्रित भएर पल्टदा सिटी चालक ३२ वर्षीय राज कडरियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिबार विहान ९ बजे प्र.१ –०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टदा गम्भीर घाइते बन्नु भएका कडिरियालाई उपचारका लागि बिएण्डसी अस्पतालमा लगिएको थियो । उपचारको क्रममा नै कडरियाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सिटीमा अन्य यात्रुहरु कोही पनि चढेका थिएनन् । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

यसैगरी मेचीनगर ७ मा गत आइतवार सिटी दुर्घटनामा परेर गम्भिर घाईते भई ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार गराईरहनु भएका ४० वर्षीय सुदिप राजवंशीको शनिवार मृत्यु भएको छ ।

प्रहरीका अनुसार मे १ ह ६१०५ नम्बरको सिटी मेचीनगर नगरपालिका ७ पालिया टोलको भित्रि सडकमा दुर्घटना हुँदा सिटीमा सवार यात्रु राजवंशी गम्भिर घाइते बन्नु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस