• २०८३ असार ९ गते मङ्गलवार

पर्वतमा आगलागी हुँदा ७२ वर्षीया वृद्धाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २१, पर्वत । पर्वत जिल्लामा आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कुश्मा नगरपालिका-१० पिपलटारी रोहोटेकी ७२ वर्षीया दुर्गादेवी पौडेल रहेकी छिन्।

प्रहरीका अनुसार आइतबार बिहान कुश्मा नगरपालिका-१० पिपलटारी रोहोटे बस्ने ५२ वर्षीय धुर्व रेग्मीको घरको भान्छा कोठामा आगलागी हुँदा उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार आगलागीमा पौडेलको घटनास्थलमै मृत्यु भएको हो। आगोले जलेर घाइते भएका धुर्वलाई जिल्ला अस्पताल पर्वत हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस