• २०८३ बैशाख ९ गते बुधवार

शंकर पोखरेलको टिप्पणी: लोडसेडिङविरुद्धको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाएको जस लिएको भन्दै कुलमान घिसिङप्रति व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको भएको र जस अर्कोले पाएको टिप्पणी गरेका हुन् ।

उनले लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस अर्कोले पाएको र दल तेस्रोले खोलेको भन्दै उज्यालो नेपाल पार्टीप्रति कटाक्ष गरेका छन् । उनले भनेका छन्- लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले ?

Sharing

प्रतिक्रिया दिनुहोस