• २०८३ जेष्ठ ५ गते मङ्गलवार

पश्चिमी वायुको आंशिक प्रभाव, यी स्थानमा वर्षासहित हिमपातको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १८ , काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भूभागमा सामान्य बदली रहनेछ । ती प्रदेशका केही स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक/दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने उल्लेख छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । ती क्षेत्रमा मध्यम वर्षासहित हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने आंशिक बदली रहनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस