• २०८३ बैशाख ३० गते बुधवार

धरानबाट फिदिम जाँदै गरेको गाडी ५०० मिटर तल खस्यो, उद्धार टोली पुग्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, विराटनगर । लगातार भइरहेको वर्षाबीच धरानबाट पाँचथरको फिदिम जाँदै गरेको गाडी तमोर करिडोरको कात्तिके भन्ने ठाउँमा खसेको छ। पाँचथरका डिएसपी अनिशकुमार कर्णका अनुसार केही बेरअघि गाडी सडकबाट झन्डै पाँच सय मिटर तल खसेको हो।

‘केही बेरअघि बोलेरो गाडी सडकबाट पाँच सय मिटर तल खसेको सूचना आएपछि प्रहरी परिचालन भएको छ। म आफै पनि थप टोली लिएर घटनास्थलतिर जादैछु,’ उनले भने, ‘अहिले अरू केही जानकारी छैन।’

तमोर करिडोरको सडकमा खसेको बोलेरोमा कति यात्रु थिए भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस