• २०८३ बैशाख २७ गते आइतवार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनको आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १९, काठमाडौं । उच्च अदालत पाटले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई मुद्दामा २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीश मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो ।

त्यस्तै राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थप तीन जनालाई पनि अदालतले राहत दिएकाे छ । अदालतले सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०/५० हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो ।

यस्तै दण्डपाणी रेग्मीलाई १० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस