• २०८३ बैशाख ७ गते सोमवार

मन्त्री बर्खास्तीमा परेपछि नाउपाले लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २०, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए।

सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द्रको पत्र आएपछि दलको बैठकले सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए।

मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार नाउपाबाट सरकारमा सहभागी उद्योग मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए। मन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले समर्थन फिर्ता लिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस