• २०८३ बैशाख ४ गते शुक्रवार

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २०, काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । नेपाल भ्युज अनलाइनमा उपसम्पादकको रुपमा कार्यरत उहाँको ३३ वर्षको उमेरमा गएराति अकस्मात निधन भएको हो ।

राति साढे १० बजे सरस्वतीनगरको निवासमा अकस्मात ढलेपछि उहाँलाई चाबहिलमा रहेको हेल्पिङह्यान्ड अस्पतालमा लगिएको थियो । उपचारको क्रममा पुडासैनीको अस्पतालमै निधन भएको हो ।

नुवाकोट स्थायी घर भएका पुडासैनीसँग विगत १४ वर्षदेखि विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव थियो । पत्रकार श्यामसुन्दर पुडासैनीको निधनप्रति पत्रकार महासंघ लगायत विभिन्न संघसस्थाले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस