मंसिर १७, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एघारौँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओलीलाई समर्थन गर्ने औपचारिक घोषणा गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले आफूले महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई सघाउने निर्णय गरिसकेको बताए।

उनले भने ‘महासचिवको जिम्मेवारी सम्हालेको नाताले अब सो पदमा दाबी नगरेर अध्यक्षबाहेकको उपाध्यक्ष पद लिन तयार छु। उनका अनुसार अहिले पार्टीमा वरिष्ठ उपाध्यक्षको संरचना नभएकाले उपाध्यक्षकै भूमिकामा जाने सोच बनाएका छन्।
‘यो महाधिवेशनमा म सचिवालय सदस्यका लागि दाबेदार पनि हुँ,’ पौडेलले भने, ‘कति टिम बन्छ भन्ने अहिले भन्न सक्दिनँ, सम्भव भएसम्म सहमतिमा निर्णय होस् भन्ने चाहना छ।’
यसअघि उनी ईश्वर पोखरेलतर्फ जाने सम्भावना रहेको विश्लेषण राजनीतिक वृत्तमा थियो तर आज पौडेल औपचारिक रुपमा ओलीको पक्षमा खुलेका हुन् ।