• २०८३ बैशाख २४ गते बिहिवार

शेयर बजार आज सामान्य अङ्कले बढ्यो , ७ अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, काठमाडौं । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ३५ अङ्कले बढेर २ हजार ७ सय ३ दशमलव ३९ विन्दुमा पुगेको छ ।

आज बैंक, जलविद्युत्, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स र व्यापार समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज ग्रीन भेन्चर्स लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन उपकार लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै ८ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ७ अर्ब ८४ करोड रुपैयाँमा किनबेच भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस