• २०८३ बैशाख ६ गते आइतवार

काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन लाग्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, काठमाडौं । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले राससलाई बताउनुभयो ।

हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उहाँले बताउनुभयो । बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उहाँले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिनुभयो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस