• २०८३ जेष्ठ १६ गते शनिवार

लेखा समितिका सभापति पोखरेलका स्वकिय सचिव जिम्मेवारीवाट मुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १९, काठमाडौं । आर्थिक अनियमिततामा मुछिएका स्वकिय सचिवलाइ लेखा समितिका सभापतिले निष्काषन गरेका छन । मेडिकल अध्ययन मामिलामा रकम लिएको खुले पछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट निष्काषन गरेको हुन् ।

एमबीबीएस परीक्षामा नाम निकालिदिने भन्दै स्वकिय सचिव अनिलले रकम लिएको सार्बजनिक भएर अदालतमा समेत मुद्दा परे पछि उनलाइ निष्काषन गरिएको हो । उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमारलाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई गत भदौमा परमादेश दिएको थियो ।

उक्त परमादेश पुस ११ मा प्रमाणीकरण भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस