• २०८३ असोज ६ गते मङ्गलवार

राष्ट्रीय एकता अभियान नेपालको उपाध्यक्षमा माननीय भूपेन्द्र चौधरी चयन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १९, काठमाडौं । राष्ट्रिय एकता अभियान नेपालले आफ्नो संगठनलाई थप मजबुत बनाउन संविधान सभा सदस्य भूपेन्द्र चौधरीलाई उपाध्यक्षको रुपमा चयन गरेको छ। अभियानको केन्द्रीय बैठकमा सर्वसम्मत निर्णय गर्दै चौधरीलाई यो जिम्मेवारी सुम्पिएको हो।

भूपेन्द्र चौधरीले संविधान सभामा आफ्नो प्रभावशाली भूमिका निर्वाह गर्दै राष्ट्रिय एकता र समावेशीताको पक्षमा काम गरेका छन्। उनी लामो समयदेखि सामाजिक न्याय, संघीयता, समानता र मानव अधिकारका मुद्दामा सक्रिय रहँदै आएका छन्।

कार्यक्रममा अभियानका अध्यक्ष विनय यादवले चौधरीको नेतृत्वदायी क्षमताको प्रशंसा गर्दै भने, “भूपेन्द्र चौधरीजस्ता अनुभवी र समर्पित व्यक्तित्वको सामेलले हाम्रो अभियानलाई थप उचाइमा पुर्‍याउने विश्वास छ।”

कार्यक्रममा अन्य विशिष्ट व्यक्तिहरू, पनि सहभागी थिए। उनीहरूले चौधरीलाई बधाई दिंदै अभियानका उद्देश्यलाई साकार पार्न योगदान गर्न आग्रह गरे।

राष्ट्रिय एकता अभियान नेपालले मुलुकको विविधता र एकताको संरक्षण गर्दै सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। भूपेन्द्र चौधरीको उपाध्यक्ष पदमा चयनले अभियानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस