• २०८३ जेष्ठ २९ गते शुक्रवार

अमेरिकाका हरमित एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १६, काठमाडौं । अमेरिकाका क्रिकेटर हरमित सिंह नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन । एनपीएलको दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले हरमित सिंहलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

३३ बर्षिय बलिङ अलराउण्डर सिंहले अमेरिकाबाट अहिलेसम्म २५ खेल खेल्दै २४ विकेट लिएका छन् । भारतका पुर्व यू१९ खेलाडी समेत रहेका हरमितले २०२४ देखि अमेरिकाबाट खेल्न लागेका हुन् ।

दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिममा अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेक बहादुर रावत, दिपेन्द्र थापा, दीपक बोहोरा र मिलन बोहोरालगायतका खेलाडी रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस