• २०८३ जेष्ठ ३० गते शनिवार

बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु प्रहार, नौ जना गम्भीर घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १६ , काठमाडौं । बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु प्रहार हुँदा नौ जना गम्भीर घाइते भएका छन् । डोनकास्टरबाट किंग्स क्रस जाँदै गरेको रेलमा भएको आक्रमणपछि १० जनालाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ, जसमध्ये नौ जनाको अवस्था गम्भीर छ ।

प्रहरीले यसलाई ठूलो घटना भन्दै आतंकवादी घटनासँग जोडेर अनुसन्धान गरिरहेको बताएको बिबिसीले उल्लेख गरेको छ ।

यो घटनापछि यस क्षेत्रमा रेल सेवाहरू निलम्बन गरिएको छ र अर्को सूचना नभएसम्म सडकहरू बन्द रहने जानकारी दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस