• २०८३ कार्तिक २६ गते बुधवार

प्रदेश प्रमुख मियाँद्वारा बडादसैँको शुभकामना व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, कैलाली।  सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।

आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले मुलुकमा दिगो शान्ति र सामाजिक सहिष्णुता कायम गर्न बडादसैँजस्ता चाडबाट मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै उहाँले देशको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, र पारस्परिक सहयोगको भावनालाई बलियो बनाउन यो पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस