• २०८३ बैशाख २१ गते सोमवार

राष्ट्रपतिले लगाए टीका

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीका लगाएका छन् । पौडेलले गुरु पुरोहितको हातबाट दसैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका हुन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहीबार राष्ट्रपति पौडेलले दसैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन् । उनले हनुमान ढोका दरवारका गुरु देवराज आर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टिका र जमरा ग्रहण गरेका हुन् । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाईदिएका थियो ।

राष्ट्रपति पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस