• २०८३ जेष्ठ १८ गते सोमवार

सुर्खेतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, सुर्खेत । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको भेरीगंगा नगरपालिका-१२ बस्ने २८ वर्षीय कमल रेग्मीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रेग्मीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस