• २०८३ बैशाख २९ गते मङ्गलवार

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा शैल रूपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उहाँलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस