• २०८३ बैशाख २९ गते मङ्गलवार

संविधानसभा सदस्य यादवको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, बारा। संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित उहाँको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको उहाँका छोरा डा जितेन्द्र यादवले राससलाई जानकारी दिनुभयो ।

बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । उहाँका दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस