• २०८३ बैशाख ८ गते मङ्गलवार

बालेनलाई पितृशोक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृ शोक परेको छ । बालेनका पीता रामनारायण शाहको सोमबार मध्यान्न उपचारका क्रममा निधन भएको हो ।

मुटुमा समस्या देखिएपछि रामनारायण शाहलाई आइतबार नयाँ बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो ।

उपचारको क्रममा शरिरका नशामा रगत जाम भएपछि उनको अवस्था थप जटिल बनेको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिएको अवस्थामा निधन भएको हो ।

त्यसो त सोमबार रामनारायणलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की समेत अस्पताल पुगेकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस