• २०८३ बैशाख १६ गते बुधवार

बालेन शाहलाई पितृ शोक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौं ।  काठमाडौं महानगरका मेयर बालेन शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सिभिल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको हो ।

उनलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको बताइएको छ । शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् । शाहका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस