• २०८३ बैशाख १६ गते बुधवार

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौं ।  सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल म्याड्रिड हारबाट जोगिएको छ।

पहिलो हाफमा १-० ले पछाडि रहेको रियलले दोस्रो हाफमा पेनाल्टीको सदुपयोग गर्दै खेल बराबरीमा फर्काएको हो। सोमबार भएको खेलको पहिलो हाफको अन्तिम मिनेटमा गिरोनाका लागि अज्जेदिन औनाहीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६८ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै रियल म्याड्रिडका केलियन एमबाप्पेले खेल बराबरीमा फर्काएका हुन्।

त्यसपछि दुवै पक्षले केही सुन्दर अवसर बनाए पनि गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सकिएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस