• २०८३ बैशाख ११ गते शुक्रवार

ब्राइटनसँग हार्यो म्यानचेस्टर सिटी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी ब्राइटनसँग स्तब्ध भएको छ । आइतबार राति सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

 

खेलको ३४औं मिनेटमा इर्लिंग हालान्डको गोलमा शुरुवाती अग्रता लिएको म्यानचेस्टर सिटीले दोस्रो हाफमा २ गोल खाएको थियो । ब्राइटनका लागि जेम्स मिल्नर र ब्राजन ग्रुडाले एक एक गोल गरेका थिए ।

 

म्यानचेस्टर सिटीको यस सिजनमा यो तेस्रो खेलमा दोस्रो हार हो । त्यस्तै ब्राइटनले भने यस सिजनमा पहिलो जित हासिल गरेको छ । ब्राइटनको ३ खेलमा एक जित एक बराबरी र एक हार खेलेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस