• २०८३ भाद्र ९ गते मङ्गलवार

दोगडाकेदारमा गोली चल्दा एक घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली चलेको छ । आज राति ८ बजेको समयमा गाउँपालिका–८ कालागाउँ चौसिला भन्ने ठाउँमा गोली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते हुनुभएको छ।

सोही गाउँका ४० वर्षीय कर्णबहादुर विष्टको गोली प्रहारबाट उहाँ घाइते हुनुभएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो । लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको अन्य विषयमा अनुसन्धान जारी रहेको उहाँले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस