• २०८३ बैशाख २३ गते बुधवार

नवनियुक्त पाँच राजदूतद्वारा पद तथा गोपनीयताको शपथ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट
पुस १७, काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित समारोहमा विभिन्न देशका लागि नियुक्त गरिएका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराउँदै । तस्बिर: प्रदीपराज वन्त/रासस

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित  कार्यक्रममा उहाँले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतलाई शपथ गराउनुभएको हो ।
राजदूत प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज  राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस