• २०८३ बैशाख ४ गते शुक्रवार

पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सव इन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित शुक्रबार रंगेहात पक्राउ गरेको हो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल पक्राउ परेका हुन् । उनीहरूले सेवाग्राहीसँग १७ हजार घुस लिएपछि अख्तियारको टोलीले पक्राउ गरेको थियो । मन्दिर निर्माणको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिन भन्दै उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस