• २०८३ बैशाख १२ गते शनिवार

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौँ । सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ ।

बैठकमा जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट बारे छलफल हुने भएको छ । आइतबारदेखि संसदमा बजेट बारे छलफल हुने कार्यक्रम रहेकाले माओवादीले संसदमा प्रस्तुत हुने रणनीति बारे छलफल गर्न लागेको हो ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस